नेपाल सरकार

भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय

नापी विभाग

नापी कार्यालय मंगलबारे, इलाम

सर्वसाधारणको जानकारीको लागि जारी गरिएको

नागरिक वडापत्र (Citizen Charter)

क्र.स.

सेवा सुविधाको विवरण

आवश्यक पर्ने कागजात-प्रमाणहरु

लाग्ने समय

लाग्ने शुल्क

जिम्मेवार कर्मचारी

कार्य सम्पन्न हुन नसकेमा उजुरी गर्ने ठाँउ

1.

जग्गा खरीदविक्री, बकसपत्र, अंशवण्डा, अदालतको फैसला, अधिग्रहण लगत कट्टा आदि कारणले गर्दा जग्गाको स्वामित्व परिवर्तन हुने गरी कित्ताकाट गर्ने ।

मालपोत कार्यालयको पत्र तथा कारोबारको स्पष्ट विवरणहरु उल्लेख भएको लिखत र स्वामित्व खुल्ने अन्य कागज प्रमाणहरु ।(मालपोत कार्यालयले तोकेबमोजिम)

(क)सामान्य लिखत

-२ बजे भन्दा पहिले कार्यालयमा प्राप्त भएमा सोही दिन ।

-२ बजेपछि प्राप्त भएमा अर्को दिन ।

(ख)अंशवण्डा वा धेरै कित्ताहरु काट गर्नुपर्ने लिखत

-कार्यालयले प्रमुखले तोकेबमोजिम (बढिमा १ हप्ता भित्र)

(ग) कित्ता नक्सा तयार गर्नुपरेमा

-कार्यालय प्रमुखले तोकेबमोजिम(कित्ता नक्सा तयार गर्ने कार्यविधिअनुसार)

शुल्क नलाग्ने

कार्यालय प्रमुखले तोकेको कर्मचारी वा सम्बन्धित फाँटवाला अमिन/सर्भेक्षक

कार्यालय प्रमुख

२.

नक्सा सुधार/ संशोधन गर्ने ।

मालपोत कार्यालयको पत्र, मालपोत कार्यालयबाट नक्सा सुधार, संशोधन सम्बन्धी गरिएको कार्बाहीको सम्पुर्ण विवरणहरु भएको फाइल र आवाश्यक काजगपत्रहरु(मालपोत कार्यालयमा पेश भएका र सो कार्यालयले तोकेबमोजिम)

(क)फिल्ड निरीक्षण गर्नु नपर्ने भएमा बढिमा २ दिनभित्र ।

(ख) फिल्ड निरीक्षण गर्नुपर्ने भएमा फिल्ड सिजनमा, कार्यालय प्रमुखले तोकेबमोजिम(बढिमा ७ दिन भित्र)

शुल्क नलाग्ने

कार्यालय प्रमुखले तोकेको कर्मचारी वा सम्बन्धित फाँटवाला अमिन/सर्भेक्षक

कार्यालय प्रमुख

३.

नापी गर्न छुट भएको जग्गा नाप नक्सा गर्ने

मालपोत कार्यालयको पत्र तथा नापजाँच गर्ने निर्णय भएको र यस सम्बन्धी कारबाही भएको विवरणहरु

(क)निर्णयमा उल्लेख भएको भए सोही बमोजिम

(ख) निर्णयमा उल्लेख नभएको भए कार्यालय प्रमुखले तोकेबमोजिम

जग्गा नापजाँच नियमावलीको कार्यालय प्रमुख नियम ३३ बमोजिमको रकम

कार्यालय प्रमुखले तोकेको कर्मचारी वा सम्बन्धित फाँटवाला अमिन/सर्भेक्षक

कार्यालय प्रमुख

४.

हालसाविक भिडाउने

मालपोत कार्यालय वा हावलसाविक भिडाउने माग गर्ने अन्य आधिकारिक निकायको पत्र

कामको चाप र अवस्था हेरी कार्यालय प्रमुखले तोकेबमोजिम वढिमा ७ दिन भित्र

शुल्क नलाग्ने

कार्यालय प्रमुखले तोकेको कर्मचारी वा सम्बन्धित फाँटवाला अमिन/सर्भेक्षक

कार्यालय प्रमुख

५.

फिल्डबुक उतार-प्लट रजिष्टर उतार

-रु १०/- को टिकट टाँसेको निवेदन

-सम्बन्धित कित्ताको जग्गाधनी दर्ता प्रमाणपुर्जाको प्रतिलिपि

-सरोकारवालाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी

-चालु आ.व. को मालपोत तिरेको रसिद

सोही दिन

कम्प्युटर प्रिन्ट दिँदा प्रतिकित्ता रु. १०/-

कार्यालय प्रमुखले तोकेको कर्मचारी वा सम्बन्धित फाँटवाला अमिन/सर्भेक्षक

कार्यालय प्रमुख

६.

नक्सा कम्प्युटर प्रिन्ट

-सम्बन्धित कित्ताको जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि

सोही दिन

प्रतिनक्सा रु. 100/-

कार्यालय प्रमुखले तोकेको सम्बन्धित फाँटवाला

कार्यालय प्रमुख

७.

फिल्ड रेखाङ्कन

-रु 10/- टिकट टाँसेको निवेदन

-जग्गाधनी दर्ता पुर्जाको प्रतिलिपी

-नागरिकताको प्रमाणपत्रको प्रतिलिपी

-चालु आ.व. को मालपोत तिरेको रसिद

-रेखाङ्कन दस्तुर वापतको राजस्व बुझाएको रसिद

फिल्ड सिजन(कार्तिक १५ देखि जेठ १५) मा सामान्यतया १५ दिन भित्र ।कामको अत्याधिक चाप भएमा कार्यालय प्रमुखले तोकेअनुसार

जग्गा नापजाँच निमयको ३३ बमोजिम(सदरमुकामबाट सम्बन्धित स्थानसम्मको दुरीको आधारमा तोकिने छ)नापी कार्यालयबाट तोकिए बमोजिम

कार्यालय प्रमुखले तोकेको कर्मचारी वा सम्बन्धित फाँटवाला अमिन/सर्भेक्षक

कार्यालय प्रमुख

८.

कित्ता एकीकरण गर्ने

-रु १०/- को टिकट टाँसेको निवेदन

-सम्बन्धित कित्ताको जग्गाधनी दर्ता प्रमाणपुर्जाको प्रतिलिपि

-सरोकारवालाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी

-चालु आ.व. को मालपोत तिरेको रसिद ।

कित्ताहरुको संख्या हेरी कार्यालय प्रमुखले तोकेबमोजिम(बढिमा ७ दिन)

प्रतिकित्ता रु. 50/- र फिल्ड रेखाङ्कन वापतको राजस्व

कार्यालय प्रमुखले तोकेको कर्मचारी वा सम्बन्धित फाँटवाला अमिन/सर्भेक्षक

कार्यालय प्रमुख

९.

क्षेत्रफल टायल चेक गर्ने

-रु 10/- टिकट टाँसेको निवेदन

-जग्गाधनी दर्ता पुर्जाको प्रतिलिपी

-नागरिकताको प्रमाणपत्रको प्रतिलिपी

-चालु आ.व. को मालपोत तिरेको रसिद

कार्यालय प्रमुखले तोकेबमोजिम

शुल्क नलाग्ने

कार्यालय प्रमुखले तोकेको कर्मचारी वा सम्बन्धित फाँटवाला अमिन/सर्भेक्षक

कार्यालय प्रमुख

10.

कित्ता नक्सा(Parcel Plan) तयार गर्ने(नापी विभागले तोकेको क्षेत्रमा मात्र)

-रु १०/- को टिकट टाँसेको निवेदन

-सम्बन्धित कित्ताको जग्गाधनी दर्ता प्रमाणपुर्जाको प्रतिलिपि

-सरोकारवालाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी

कार्यालय प्रमुखले तोकेबमोजिम(कित्ता नक्सा तयार गर्ने कार्यविधि बमोजिम)

प्रतिकित्ता रु. 50/- र फिल्ड रेखाङ्कन वापतको राजस्व

कार्यालय प्रमुखले तोकेको कर्मचारी वा सम्बन्धित फाँटवाला अमिन/सर्भेक्षक

कार्यालय प्रमुख

नोटः-

१. ज्येष्ठ नागरिक, अशक्त, सुत्केरी र नाबालकको हकमा सेवा प्रवाहमा सोहीबमोजिम प्राथमिकता दिइनेछ ।

२. कुनै असाधारण र काबु बाहिरको परिस्थितिले गर्दा कुनै कार्य तोकिएको समयभित्र सम्पन्न गर्न नसकिएमा कार्यालय प्रमुखले जग्गाधनीलाई स्पष्ट कारण खुलाई जानकारी गराउनुपर्नेछ ।र कुन समय र मितिमा सो कार्य सम्पन्न हुने हो सो को जानकारी दिई तोकिएको समयमा कार्यसम्पन्न गर्नुपर्दछ ।

३. मौसमको प्रतिकुलताले गर्दा फिल्ड चेक/निरीक्षण/रेखाङ्कन गर्ने कार्य र नक्सा प्रिन्ट गर्ने जस्ता कार्यहरु समयमा सम्पन्न हुन नसकेमा सो को जानकारी सम्बन्धित व्याक्तिलाई गराउनु पर्ने ।

४. कुनै कार्य सम्पन्न गर्न कुनै कर्मचारीले अनावश्यक ढिलासुस्ती, लापरबाही वा अनियमित कार्य गरेको पाइएमा सम्बन्धित व्याक्तिले कार्यालय प्रमुखसँग सिकायत/उजुर गर्न सक्छ ।कार्यालय प्रमुखबाट समाधान नभएमा नापी विभाग, योजना तथा अनुगमन शाखामा लिखित, मौखिक, इ-मेल, फ्याक्स मार्फत सिकायत/उजुरी गर्न सक्नेछ । यसको लागि ठेगाना निम्न बमोजिम छ ।

नापी कार्यालय मंगलबारे, इलामको

कार्यालय प्रमुखः

नामः-

पदः-

सम्पर्क नं.-

सूचना अधिकारीः-

नामः-

पदः-

सम्पर्क नं.-

ठेगानाः नापी विभाग, पो.ब.नं. 9435

मीनभवन, काठमाण्डौ ।

फोनः 01-4106769

फ्याक्सः 01-4106757

इ-मेलः info@dos.gov.np