कुनै व्यक्ति, संस्था, कार्यालय वा नीजको प्रतिनिधिले आफ्नो स्वामित्वमा रहेको कित्ताको नक्सा प्रिन्टआउट प्राप्त गर्नका लागि निम्न कागजातहरू संलग्न गरी कार्यालयमा आवेदन पेश गर्न सक्नेछ।

क. जग्गाधनी दर्ता प्रमाणपत्रको प्रतिलिपि,

ख. वित्तीय प्रयोजनका लागि कुनै वित्तीय संस्थाले माग गरेको भए, सम्बन्धित संस्थाको पत्र तथा जग्गाधनी दर्ता प्रमाणपत्रको प्रतिलिपि,

ग. कुनै सरकारी निकायले माग गरेको भए, उद्देश्य स्पष्ट उल्लेख गरिएको पत्र, जसमा गाउँपालिका/नगरपालिका/स्थानीय तह, नक्सा नम्बर/सिट नम्बर तथा कित्ता नम्बर समावेश भएको हुनुपर्नेछ,

घ. नक्सा प्रिन्ट आदेशका लागि तोकिएको शुल्क भुक्तानी गरेको रसिद।