कुनै व्यक्ति वा निजको प्रतिनिधिले आफ्नो स्वामित्वमा रहेको कित्ताको फिल्ड नापजाँचका लागि भूमि सर्वेक्षण तथा नक्सा संशोधन निर्देशिका, २०८१ को अनुसूची-२० अनुसारको आवेदनसहित निम्न कागजातहरू संलग्न गरी आवेदन पेश गर्न सक्नेछ।

क. जग्गाधनी दर्ता प्रमाणपत्रको प्रतिलिपि,

ख. नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि,

ग. चालु आर्थिक वर्षको कर भुक्तानीको रसिद,

घ. अनुरोध गरिएको कित्ता देखिने नक्साको प्रिन्ट,

ङ. पास भएको कागजातको प्रतिलिपि